यस्तो छ कुलमान घिसिङले सय दिनमा गरेका १०१ काम

यस्तो छ कुलमान घिसिङले सय दिनमा गरेका १०१ काम
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास गरी तीनवटा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो १०० दिने कार्यकालमा १०१ वटा माइलस्टोन सावित हुने काम सम्पन्न गरेको दाबी गरेका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री घिसिङले आफू मन्त्रीका रूपमा भन्दा पनि ‘जेन–जी’ आन्दोलनको भावना बोकेको एक सेवक...

सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
काठमाडौँ, पुस ९ गते । सरकारले निर्वाचनको वातावरण बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीको कार्यालय अनुगमन गर्ने भएको छ । सरकारी टोलीले बुधबार तीन दलका कार्यालयको अनुगमनका साथै वार्ता र संवाद गर्ने भएको हो । बिहान ११ बजे जनमत पार्टीको कार्यालय अनुगमन गर्ने, १ बजे राप्रपा र ३ बजे रास्वपाको कार्यालय अनुगमनका साथै नेताहरुसँग छलफल गर्ने तालिका र...

चितुवाको आक्रमणबाट महिलाको मृत्यु

चितुवाको आक्रमणबाट महिलाको मृत्यु
यज्ञप्रसाद सापकोटा गुलरिया(बर्दिया) पुस ९ गते । बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका वडा १० बैदीमा रहेको फेनापति सामुदायिक वनमा घाँस काट्न गएकी महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । चितुवाको आक्रमणबाट मृत्यु हुनेमा बारबर्दिया नगरपालिका वडा १० बैदी बस्ने ५० वर्षीया पावती डाँगी हुन् । घरदेखि करिब २.५ किलामिटर दक्षिणमा रहेको सामुदायिक वनमा घाँस काट...

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
भद्रपुर (झापा), पुस ९ गते । दमक नगरपालिका–७ लालीगुराँस टोलस्थित भित्री सडकखण्डमा मङ्गलबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागमती प्रदेश ०२–०१७ प ३३४४ नम्बरको मोटरसाइकल हनुमान मन्दिरतर्फबाट रतुवा पुलतर्फ जाँदै गरेको अवस्थामा बाटोको पूर्वपट्टि रहेको पानी जमेको ढलको नालीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनु...

श्रम स्वीकृतिलगायतका सबै कागजात वडा तहमा नै उपलब्ध गराउने गृहकार्यमा छु : श्रममन्त्री भण्डारी

श्रम स्वीकृतिलगायतका सबै कागजात वडा तहमा नै उपलब्ध गराउने गृहकार्यमा छु : श्रममन्त्री भण्डारी
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले राहदानी, श्रम स्वीकृति लगायतका सबै कागजात वडा तहबाटै पाउने व्यवस्था गर्न आफूले गृहकार्य गरिरहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित अनौपचारिक र स्वरोजगार श्रमिकहरूको सामाजिक सुरक्षा राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानेहरूले श्रम स्वीकृति लग...

उम्मेदवारी दर्ताका बेला राजीनामा दिने मन्त्री कुलमानको संकेत

उम्मेदवारी दर्ताका बेला राजीनामा दिने मन्त्री कुलमानको संकेत
ऊर्जामन्त्री कुलमान घिसिङले आफू राजनीतिमा सक्रिय भइसकेको स्पष्ट पारेका छन्। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने समय आएपछि मन्त्री पदबाट राजीनामा दिने संकेत गरेका हुन्। घिसिङले भने, ‘जब हामी चुनावमा जान्छौँ र उम्मेदवारी दर्ता गर्ने समय आउँछ, त्यसबेला उपयुक्त समयमा आवश्यक निर्णय लिन्छौँ।’ उनका अनुसार अहिलेको सरकारको मुख्य कार्यभार नै आगामी निर्वाचन स...

सुनचाँदीको भाउमा कीर्तिमान : सुन तोलाको दुई लाख ६८ हजार १ सय रुपैयाँ पुग्यो

सुनचाँदीको भाउमा कीर्तिमान : सुन तोलाको दुई लाख ६८ हजार १ सय रुपैयाँ पुग्यो
काठमाण्डौ – सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ६८ हजार एक सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि हिजो सुनको भाउ तोलाको दुई लाख ६७ हजार दुई सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । चाँदी आज एकैदिन तोलामा एक सय ६५ रुपैयाँले बढेर तोलाको चार हजार चार सय २० रुपैयाँमा कारो...

विराट एक्स्पो आजबाट सुरु हुँदै, उद्घाटन दिउँसो २ बजे

विराट एक्स्पो आजबाट सुरु हुँदै, उद्घाटन दिउँसो २ बजे
विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा विराटनगरमा आजबाट ‘विराट ट्रेड एक्स्पो–२०२५’ सुरु हुँदै छ । एक्स्पोको सबै तयारी पूरा भइसकेको आयोजक मोरङ उद्योग व्यापार संघ, विराटनगरले जानकारी दिएको छ । आज दिउँसो २ बजे एक्स्पो उद्घाटन गर्ने तयारी छ । आयोजकले मंगलबार एक्स्पो स्थलमै पत्रकार सम्मेलन गरी ११ दिने महोत्सवका लागि आवश्यक सबै भौतिक पूर्वाधार तथा व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी दिइसके...

खोटाङमा १ सय १२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङमा १ सय १२ आयोजनाका लागि ठेक्का आह्वान
खोटाङ – भौतिक पूर्वाधार कार्यालय, खोटाङले एक सय १२ आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । गएको कात्तिक २ गतेदेखि पुस ३ गतेभित्र एक सय १२ वटा आयोजनाका लागि पूर्वाधार कार्यालयले ठेक्का आह्वान गरेपछि निर्माण कम्पनीहरू सम्झौता गर्न भ्याइनभ्याई भएका छन् । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत भएको ६६ करोड बराबरको एक सय २३ आयोजनाको ठेक्का गर्नुपर्नेछ । ठेक्का आह्वान भएका आयोजनाका ला...

आजको राशिफल ~वि.सं.२०८२ पौष ०९ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं.२०८२ पौष ०९ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ । पहिलेका सहयोगी भने प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन् । रोकिएको काम बन्नाले उत्साह जाग्नेछ । धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ । अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सबल स्वास्थ्यक...