साफ महिला फुटसल च्याम्पियनशिपमा नेपालको दोस्रो जीत
काठमाण्डाै – साफ फुटसल च्याम्पियनशिपको महिलातर्फ नेपालले दोस्रो जीत हासिल गरेको छ । थाइल्यान्डको बैंककमा रहेको नोन्थाबुरी रङ्गशालामा आज भएको खेलमा नेपालले पाकिस्तानलाई ५–१ गोलले हरायो ।
यसअघि नेपाली महिला टोलीले पहिलो खेलमा श्रीलङ्कासँग २–२ गोलको बराबरी खेल्दा दोस्रो खेलमा माल्दिभ्सलाई ५–० गोलले हराएको थियो । यस्तै तेस्रो खेलमा नेपाल भारतसँग ८–१ गोल र चौथो खेलमा बङ्गलादेशसँग ३–० गोलले पराजित भए...









