सहिदको बलिदान सम्झँदै देशभर आज सहिद दिवस मनाइँदै
काठमाडौं / देश र जनताको हितका लागि जीवन उत्सर्ग गर्ने सहिदको स्मरणमा आज देशभर विभिन्न कार्यक्रमसहित सहिद दिवस मनाइँदै छ । प्रजातन्त्र स्थापनाका लागि बलिदान दिएका ज्ञात–अज्ञात सबै सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो दिवस मनाउने परम्परा रहँदै आएको छ ।
नेपालमा सहिद दिवस विशेषगरी धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको स्मृतिमा मनाइन्छ । राणा शासनविरुद्ध आवाज उठाए...









