सडकमा लडेका दुई सवारीमाथि टिप्परको ठक्कर, एक जनाको निधन
भक्तपुर । भक्तपुरको कमलविनायक बसपार्क नजिक टिप्पर, स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । प्रहरीका अनुसार, कमलविनायकबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर लडेको थियो ।
लडेको मोटरसाइकलमा पछाडीबाट आइरहेको बागमती प्रदेश ०२-०२० प ११६८ नम्बरको स्कुटरसँग ठोक्किँएको जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रहरी उपरीक्षक एसपी सूर्य...









