दोषीलाई कारबाही गर्न व्यवसायीको माग
प्रवीणकुमार शर्मा
रौतहट, माघ २६ गते । रौतहटको गरुडा नगरपालिका–६ शिवनगरस्थित आदर्श आयल स्टोर्सका सञ्चालकले सुरक्षाको प्रत्याभूति तथा दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
गत माघ १५ गते स्थानीय केही युवाको समूहले पेट्रोल पम्पमा कार्यरत व्यक्तिमाथि कुटपिट गरेको आरोप लगाउँदै सञ्चालक रामबाबु प्रसाद चौधरीले कानुनी राज्यमा दोषी उम्कन नदिन स्थानीय प्रशासन सचेत हुनुपर्ने बताउनुभयो ।
...









