आइसिसी टी-२० विश्वकपअन्तर्गत रोमाञ्चक खेल इंग्ल्याण्डविरुद्ध नेपाल ४ रनले पराजित भएको छ । इंग्ल्याण्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनायो ।
नेपाललाई अन्तिम ७ बलमा १० रनको आवश्यकता हुँदा पनि उसले लक्ष्य भेटाउन सकेन ।
नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले ४४, कप्तान रोहितकुमार पौडेलले ३९, कुशल भुर्तेलले २९, आरिफ शेखले १० तथा लोकश बलमे ३९ रन बनाए ।
इंग्ल्याण्डका लागि लियाम डसनले २, विल ज्याक्स, साम कुरान, जोर्फा आर्चर र लुक वुडले एक/एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय रन बनायो ।
उसका लागि ज्याकब बेथेलले ६५ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले । त्यस्तै, कप्तान ह्यारी ब्रुकले ५३, जोस बटलरले २६,
नेपालका लागि दीपेन्द्र सिंह ऐरी, नन्दन यादवले दुई/दुई, शेर मल्ल र सन्दीप लामिछानेले एक/एक विकेट लिए ।





