“अनिदो रात” बाट उत्कृष्ट शब्द रचनाको अवार्ड भिम कुमार ओझाको हातमा”

“अनिदो रात” बाट उत्कृष्ट शब्द रचनाको अवार्ड भिम कुमार ओझाको हातमा”
काठमाडौं । गीत संगीत क्षेत्रमा नयाँ तर प्रभावशाली उपस्थिति जनाउँदै आएका रचनाकार भीम कुमार ओझाले आधुनिक गीत “अनिदो रात” मार्फत सातौं ज्योति फिल्म्स म्युजिक अवार्ड २०८२  मा उत्कृष्ट शब्द रचनाको अवार्ड प्राप्त गरेका छन् । यस अवार्डलाई ओझाले केवल पुरस्कारको रूपमा नभई आफ्ना सिर्जनाप्रति गरिएको ठूलो विश्वास र स्वीकारोक्तिको रूपमा लिएको बताएका छन् । भीमकुमार ओझाले जीवनको ठूलो अध्याय न्याय सेवामा बिताए...

लालिबजार’को दोस्रो पोस्टर सार्वजनिक, भोलि टिजरमार्फत रिलिज मिति खुल्ने संकेत

लालिबजार’को दोस्रो पोस्टर सार्वजनिक, भोलि टिजरमार्फत रिलिज मिति खुल्ने संकेत
चलचित्र ‘लालिबजार’ को दोस्रो पोस्टर आज सार्वजनिक गरिएको छ। नयाँ पोस्टर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको चासो थप बढेको छ। निर्माण टिमले पोस्टरसँगै भोलि टिजर सार्वजनिक हुने जानकारी पनि दिएको छ। सार्वजनिक दोस्रो पोस्टरले फिल्मको कथावस्तु र भावनात्मक पक्ष झल्काउने प्रयास गरेको देखिन्छ। पोस्टरमा देखाइएको दृश्य संयोजन र पात्रको प्रस्तुतिले ‘लालिबजार’ रहस्यमय र कथामा आधारित फिल्म हुने संकेत गरेको छ। ...

चौलागाईंको ‘हतारमा छन् यात्रीहरु’ को लोकार्पण

चौलागाईंको ‘हतारमा छन् यात्रीहरु’ को लोकार्पण
काठमाडौं । कवि दीपक चौलागाईंको कवितासङ्ग्रह ‘हतारमा छन् यात्रीहरु’ को लोकार्पण भएको छ । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा प्राज्ञ तथा कवि श्रवण मुकारुङ, निवन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’, कवि छविरमण सिलवाल, कवि मणि लोहनी, कवि शकुन्तला जोशी र लेखक दीपक चौलागाईंले गरे । कार्यक्रममा प्राज्ञ मुकारुङले प्रमुख अतिथिको मन्तव्य राख्दै कविताबारे चर्चा गर्दै भने, ‘हाम्रा सिर्जना भनेको कहिल्यै पूर्...

माघ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

माघ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दा मामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने प्रशस्त धन लाभ पनि हुन सक्छ । वृष समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । मान सम्मानमा...

‘संगीत एक इश्वरको बरदान हो ’ – गायक सरगम राई

‘संगीत एक इश्वरको बरदान हो ’ – गायक सरगम राई
नेपाली संगीत क्षेत्रमा पछिल्ला वर्षहरूमा आफ्नो फरक पहिचान बनाउँदै आएका गायक सरगम राई स्वरको मिठास, भावनात्मक प्रस्तुति र सरल व्यक्तित्वका कारण श्रोतामाझ लोकप्रिय छन्। परम्परागत स्वाद र आधुनिक संगीतको सन्तुलन मिलाउँदै अघि बढिरहेका सरगम राईसँग हामीले उनको संगीत यात्रा, संघर्ष, सोच र भविष्यका योजनाबारे सहकर्मी रन्जु कोइराला सगँ को संक्षिप्त कुराकानी । तपाईंको बाल्यकाल र संगीतसँगको पहिलो सम्बन्ध कस...

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा
लीलाराज खड्का बिर्तामोड, माघ २६ गते । आयोजक झापा–११ बिर्तामोडमा जारी सातौँ झापा गोल्डकप फुटबल प्रतियोगितामा जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको क्वाटरफाइनल खेलमा झापा–११ ले सिक्किमको सिङलिङ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको थियो । टाइब्रेकरमा झापाका रोमन भुजेल, ...

ल्होसार कप : खुम्बुले खुन्डेलाई हरायो

ल्होसार कप : खुम्बुले खुन्डेलाई हरायो
काठमाडौँ, माघ २६ गते । खुम्बु याम्बु शेर्पा समाजले १५औँ खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ । महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकको आयोनजामा भइरहेको प्रतियोगितामा खुम्बुले खुन्डे सामुदायिक क्लबलाई ३–१ गोलले हरायो । खुम्बुका लागि प्रनिल मगरले दुई तथा कर्मा शेर्पाले एक गोल गर्नुभयो। खुन्डेका पेमा वाङ्दीले सान्त्वना गोल फर्काउनुभयो । खुम्बुका प्रनिल ‘प्लेयर अफ...

माघ २७ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

माघ २७ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधन समेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोत समेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । वृष खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनु पर्ने समय ...

बाल सुधार गृहभित्र गाँजा छिराउने किशोर पक्राउ, संयोग कि संगठित सञ्जाल?

बाल सुधार गृहभित्र गाँजा छिराउने किशोर पक्राउ, संयोग कि संगठित सञ्जाल?
विराटनगर । विराटनगर महानगरपालिका–८ स्थित कारागार कार्यालयको परिसरभित्र रहेको बाल सुधार गृहमा प्रतिबन्धित लागुऔषध प्रवेश गराउने प्रयास भएको खुलासा भएपछि सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ। शुक्रबार दिउँसो करिब १:४० बजे बाल सुधार गृहमा रहेका ‘राई’ थरका एक किशोरलाई भेट्न पुगेका विराटनगर–६ निवासी १३ वर्षीय ‘मण्डल’ थरका किशोरलाई कारागार कार्यालयको मुख्य गेटमा चेकजाँच गर्ने क्रममा सशस्त्र प...

सिटि सफारी लक्षित “सुरक्षित चालक” पोशाक वितरण

सिटि सफारी लक्षित “सुरक्षित चालक” पोशाक वितरण
विराटनगर, माघ २६ गते । सुरक्षित चालक अभियान कार्यक्रम अन्तरगत जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा सवारी चालक अनुमति पत्र प्राप्त गरेका सिटि सफारी (ई-रिक्सा) चालकहरुलाई “सुरक्षित चालक” पोशाक वितरण गरिएको छ । माघ २६ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यतामा विराटनगर महानगरपालिका-१ स्थितमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिका क्षे...