विराटनगरको आर्या न्युरोमा ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु
विराटनगर । मेरुदण्ड (स्पाइन) सम्बन्धी रोगहरूको उपचारलाई थप आधुनिक, सुरक्षित तथा प्रभावकारी बनाउने उद्देश्यले विराटनगरस्थित आर्या न्युरो हस्पिटलले दुर्बिन (एन्डोस्कोप) प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु गरेको छ ।
अस्पतालले पछिल्लो समय विश्वमा प्रचलित ‘यु–भी–ई प्रविधि भित्र्याएको हो । यस प्रविधिमा विशेष क्यामेरा (एन्डोस्कोप) र सूक्ष्म शल्य उपकरणको प्रयोग गरी मेरुदण्डको जटिल शल्यक्रिया गरिन्...








