मध्यपूर्वमा त्रास : सबै नेपाली सुरक्षित, उच्च सतर्कता अपनाउन र सम्पर्कमा रहन दूतावासहरूको आग्रह
काठमाण्डाै – इजरायल र इरानबीच आक्रमण शुरू भएपछि खाडी क्षेत्रको सुरक्षा अवस्थालाई लिएर चिन्ता बढेको छ । खाडी देशमा कार्यरत नेपाली श्रमिकको सुरक्षा र रोजगारीलाई लिएर चिन्ता भएको हो ।
इरानले कतार, साउदी, बहराइन, यूएई र कुवेतमा रहेका अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेको छ । त्रासको वातावरण रहे पनि नेपालीहरू सुरक्षित रहेका सम्बन्धित देशका दूतावासले जनाएका छन् । दूतावासहरूले सुरक्षित भएर बस्न र सम्पर...








