विराटनगर — सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत सीमा सुरक्षा गुल्म रानी, विराटनगरले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको घुगी बरामद गरेको छ।
सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक बहादुर खड्का को कमाण्डमा खटिएको टोलीले ढाटबाट १६ वटा बोरामा राखी ल्याइँदै गरेको करिब १ हजार केजी घुगी नियन्त्रणमा लिएको हो। बरामद घुगीको अनुमानित मूल्य करिब १ लाख रुपैयाँ बराबर रहेको जनाइएको छ।
सीमामा कडाइका बीच अवैध ओसारपसार प्रयास भइरहेका बेला उक्त परिमाणको घुगी फेला परेको हो। बरामद गरिएको घुगी आजै पशु क्वारेन्टाइन कार्यालयका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको सीमा सुरक्षा गुल्मले जनाएको छ।
सीमाक्षेत्रमा हुने अवैध आयात–निर्यात नियन्त्रणका लागि निगरानी थप सुदृढ बनाइएको सशस्त्र प्रहरीले जनाएको छ।





