दुहबी । Lions Club of Duhabi र Gramin Mahila Utkuta Bikash Manch को सहकार्यमा दुहबी चौकस्थित सडक क्षेत्रमा खटिने ट्राफिक प्रहरीलाई सहजता प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको नयाँ प्रहरी बिट हस्तान्तरण गरिएको छ।
चैत १२ गते आयोजित एक कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रीक्ट ३२५C का गभर्नर बबर जंग थापा को प्रमुख आतिथ्य तथा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी का प्रमुख प्रहरी उपरीक्षक दीपक गिरी को विशिष्ट आतिथ्यमा उक्त प्रहरी बिटको उद्घाटन गरिएको हो।
नयाँ प्रहरी बिट सञ्चालनमा आएसँगै दुहबी क्षेत्रमा ट्राफिक व्यवस्थापन तथा सुरक्षा कार्य थप प्रभावकारी हुने विश्वास गरिएको छ। कार्यक्रममा नेपाल प्रहरी दंगा नियन्त्रण गण, दुहबी का प्रहरी उपरीक्षक केशव भट्टराई, स्थानीय जनप्रतिनिधि, लायन्स क्लबका सदस्यहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सोही अवसरमा जानकी पोली ट्याङ प्रा.लि. का सञ्चालक लक्ष्मी कुमार चौधरी ले ट्राफिक व्यवस्थापनलाई थप सहज बनाउन २० थान ट्राफिक कोण (cones) समेत हस्तान्तरण गर्नुभएको थियो।
यस पहलले दुहबी क्षेत्रमा सडक सुरक्षा सुदृढ गर्दै ट्राफिक व्यवस्थापनमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
दुहबीमा ट्राफिक प्रहरीलाई सहयोग पुग्ने प्रहरी बिट हस्तान्तरण







