मध्यपूर्व युद्ध : कुवेतको सरकारी तेल प्रशोधन केन्द्रमा तेस्रो पटक आक्रमण

मध्यपूर्व युद्ध : कुवेतको सरकारी तेल प्रशोधन केन्द्रमा तेस्रो पटक आक्रमण
मध्यपूर्वमा चलिरहेको युद्धका क्रममा कुवेतको सरकारी तेल प्रशोधन केन्द्रमा तेस्रो पटक आक्रमण भएको छ । कुवेत पेट्रोलियम कर्पोरेशनले मिना अल–अहमदी तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको बताएको कुवेतको सरकारी समाचार एजेन्सी कुनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आक्रमणपछि आगलागी भएको र आपत्कालीन प्रतिक्रिया टोलीहरूले स्थिति नियन्त्रणमा ल्याएका कम्पनीले बताएको छ । कम्पनीले यो आक्रमणलाई दुर्भावनापू...

कवि एवं पत्रकार नवोदित ‘व्यथित काव्य सम्मान’ बाट सम्मानित

कवि एवं पत्रकार नवोदित ‘व्यथित काव्य सम्मान’ बाट सम्मानित
काठमाडौं । साहित्यिक पत्रकार संघले हरेक वर्ष समर्पण गर्दै आएको ‘व्यथित काव्य सम्मान–२०८२’ विराटनगरका कवि एवं पत्रकार मीनकुमार नवोदितलाई समर्पण गरेको छ । काठमाडौंमा विशेष समारोह आयोजना गरेर संघले विगत दुई दशकभन्दा लामो समयदेखि साहित्य र पत्रकारितामा सक्रिय नवोदितलाई वरिष्ठ कवि केदारमान व्यथितको नाममा स्थापित सो सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व उपकु...

विराटनगरको कोठामा प्रहरीको छापा, दुई जना पक्राउ

विराटनगरको कोठामा प्रहरीको छापा, दुई जना पक्राउ
विराटनगर । विराटनगरको एउटा कोठामा छापा हानेर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१६ स्थित अजयकुमार रायको कोठामा बिहीबार साँझ प्रहरीले छापा हानेको हो । त्यस क्रममा २२ वर्षीय अजय र मोरङको ग्रामथान गाउँपालिका–६ का २३ वर्षीय निरञ्जन माझी पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले छापा हान्दा अजयको कोठाबाट लागुऔषध खैर...

सट्टेबाजी एप वा प्लेटफर्ममा कारोबार नगर्न सीआईबीको आग्रह, गरेकाे भेटिए जेल सजाय

सट्टेबाजी एप वा प्लेटफर्ममा कारोबार नगर्न सीआईबीको आग्रह, गरेकाे भेटिए जेल सजाय
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रतिबन्धित अनलाइन सट्टेबाजी साइट तथा प्लेटफर्म सञ्चालन गरी कारोबार नगर्न/नगराउन पुनः सचेत गराएको छ। सरकारले यसअघि नै अनलाइन सट्टेबाजी अनलाइन तथा प्लेटफर्म बन्द गरिसकेको छ। ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार गैरकानुनी क्रियाकलाप नगर्न÷नगराउन सबैमा अनुरोध गरिएको छ। त्यस्तो गरिएको पाइए उपकरणसमेत जफत हुने ब्युरोले स्पष्ट पारेको...

सरकारी विज्ञापन सीमित गर्ने निर्णयप्रति सञ्चार क्षेत्रको विरोध

सरकारी विज्ञापन सीमित गर्ने निर्णयप्रति सञ्चार क्षेत्रको विरोध
काठमाण्डौ - सरकारले निजी सञ्चार माध्यमको आर्थिक आधार नै कमजोर पार्ने गरी सरकारी विज्ञापन तथा सूचनासरकारी सञ्चार माध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय गरेको भन्दै सञ्चार क्षेत्रले विरोध जनाएका छन् । निजी क्षेत्रका सञ्चारमाध्यम, नेपाल पत्रकार महासंघ, नेपाल विज्ञापन एजेन्सी संघ (आन), मिडिया सोसाइटी लगायतले विज्ञप्ति निकालेर सरकारी निर्णयको विरोध गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् क...

किशोरीलाई बेपत्ता बनाएको आरोपमा एक पक्राउ

किशोरीलाई बेपत्ता बनाएको आरोपमा एक पक्राउ
विनय कर्ण कल्याणपुर (सप्तरी), चैत २० गते । सप्तरीमा किशोरीलाई ललाई–फकाई बेपत्ता बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।  जिल्लाको बोदेबर्साइन नगरपालिका वडा नम्बर ७ की १४ वर्षीया स्मृधि कुमारी मण्डललाई बहकाई बेपत्ता बनाएको आरोपमा सोही नगरपालिका वडा नम्बर ९ का २१ वर्षीय चन्दन दासलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार गत भदौ २ गते महेन्द्र चुनी माध्यमिक विद्यालय, मानराजामा परीक्षा दिएर घ...

एसइई : तनहुँमा उत्तरपुस्तिका जाँच्न सुरु

एसइई : तनहुँमा उत्तरपुस्तिका जाँच्न सुरु
अमरराज नहर्की तनहुँ, चैत २० गते । तनहुँका २२ वटै परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका जाँच तथा परीक्षण कार्य सुरु गरिएको छ । छिटो, व्यवस्थित र समयमै नतिजा प्रकाशन गर्ने उद्देश्यसहित सरकारले परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्न निर्देशन दिएपछि जिल्लाभर सोहीअनुसार कार्य अघि बढाइएको हो । शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका सूचना अधिकारी भरत बरालका अनुसार प्रत...

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी
काठमाडौं । इन्डोनेसियामा बिहीबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। जसले गर्दा सुनामीको चेतावनी दिइएको छ।अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको सुरुआती परिमाण ७.८ थियो। यो स्थानीय समयअनुसार बिहान ६ः४८ बजे मोलुक्का सागरमा ठोक्किएको थियो। भूकम्पको केन्द्रविन्दु टर्नेट सहरबाट लगभग १२० किलोमिटर टाढा थियो। जुन २ लाखभन्दा बढी जनसंख्या भएको सानो तर घना जनसंख्या भएको टापु हो। हवा...

विपदमा प्रयोग गर्न २ वटा हेलिकप्टर तयारी अवस्थामा राखिने

विपदमा प्रयोग गर्न २ वटा हेलिकप्टर तयारी अवस्थामा राखिने
काठमाण्डाै – गृहमन्त्री सुधन गुरुङले विपदमा प्रयोग गर्न दुई वटा हेलिकप्टर तयारी अवस्थामा राखिने बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आज भएको छलफलमा गृहमन्त्री गुरुङले विपदमा परेका नागरिकको तत्कालै उद्धार गर्न दुई वटा हेलिकप्टर तयारी अवस्थामा राखिने जानकारी दिनुभएको हो । उहाँले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले आफ्नो ज्यानको पर्वाह नगरिकन नागरिकको उद्धारमा खटिएकामा धन्यवादस...

आइतबारदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने

आइतबारदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने
काठमाडौं। निर्वाचन आयोगले यही चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ घोषणा भएपछि आयोगले गत मङ्सिर ६ गतेदेखि उक्त कार्य स्थगन गरेको थियो। राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्नसक्ने व्यवस्था मिलाइएको आयोगका सहसच...