- – ज्याे. पं. तुलसी भारद्वाज

मेष
अनावश्यक विवादमा फस्ने सम्भावना छ, त्यसैले बोल्दा धैर्य अपनाउनु राम्रो हुनेछ । व्यापारमा भने लाभ हुने संकेत छ, तर पेशागत क्षेत्रमा केही समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सक्ने योग छ । अनौठो समाचार सुन्न पाइएला । अनावश्यक डर र वादविवादबाट टाढा रहनुहोस्, झगडाको सम्भावना पनि रहन्छ ।

वृष
व्यापारमा गरिएको लगानी सन्तोषजनक रहनेछ । अरूबाट प्रशंसा पाइनेछ र मन प्रसन्न रहनेछ । सामाजिक कार्यबाट नाम र प्रतिष्ठा बढ्नेछ । दिदी बहिनी वा कुटुम्बको काममा सहयोग गर्नुपर्ने हुन सक्छ । केही द्विविधा रहन सक्ने भएपनि समग्रमा दिन राम्रो छ ।

मिथुन
वैदेशिक क्षेत्रमा गरिएको लगानीबाट लाभ हुने संकेत छ । पढाइमा प्रगति हुनेछ भने कृषि तथा व्यापारमा पनि नाफा हुनेछ । नजिकका मित्रबाट सहयोग प्राप्त हुनेछ । खुसीको समाचार सुन्न पाइनेछ । चल–अचल सम्पत्तिको कारोबार हुन सक्छ । वैवाहिक जीवन सुखद रहनेछ, यात्राको पनि योग छ ।

कर्कट
चुनौतीका बाबजुद नसोचेका कामहरू पूरा हुन सक्छन् । धैर्यपूर्वक काम लिँदा सफलता मिल्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । अल्झिएका कामहरू सुल्झिनेछन् । अप्रत्याशित लाभका साथै टाढाको यात्राको योग छ । रोकिएका काम पुनः सुरु हुनेछन् ।

सिंह
स्वास्थ्य प्रति विशेष ध्यान दिनुहोस्, विशेष गरी खानपानमा सावधानी अपनाउनु आवश्यक छ । अनावश्यक खर्च बढ्न सक्छ, त्यसैले खर्च नियन्त्रण गर्नु राम्रो हुन्छ । रोग लाग्ने सम्भावना भएकाले सचेत रहनुहोस् । आर्थिक हानि हुन सक्ने भएकाले सतर्कता आवश्यक छ ।

कन्या
पढाइमा सफलता मिल्नेछ । ठूला व्यक्तिबाट बुद्धिको प्रशंसा पाइनेछ । नयाँ कामको थालनी हुने सम्भावना छ । रोकिएका कामहरू बन्ने भएकाले आर्थिक पक्ष बलियो हुनेछ । मुद्दा मामिलामा सफलता मिल्नेछ र अन्न लाभको योग पनि छ । दिन सुखद रहनेछ ।

तुला
अपेक्षा भन्दा बढी लाभ हुने सम्भावना छ । निर्माण तथा व्यवहारिक कार्यमा रुचि बढ्नेछ । आफन्तसँग भेटघाटले खुशी दिनेछ । आयआर्जन राम्रो रहनेछ । पाहुनाको आगमनले मन प्रसन्न रहनेछ । नयाँ कामका लागि परिवारबाट राम्रो सल्लाह प्राप्त हुनेछ ।

वृश्चिक
प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभको अवसर मिल्नेछ । यात्रा हुन सक्छ । कामहरू सजिलै सम्पन्न हुनेछन् । व्यापारमा सामान्य नाफा हुनेछ । दिन रमाइलो, भ्रमण र मनोरञ्जनमा बित्नेछ ।

धनु
घरेलु समस्याले सताउन सक्छ । विश्वास गरेका व्यक्तिबाट धोका हुन सक्ने सम्भावना छ । आर्थिक हानि हुन सक्छ । स्वास्थ्यमा समस्या देखिन सक्छ । धनमाल हराउने वा क्षति हुने सम्भावना भएकाले सजग रहनुहोस् । टाढाको यात्रा नगर्नु नै उचित हुनेछ ।

मकर
नसोचेको धन लाभ हुन सक्छ, तर सानातिना घरेलु समस्यामा अल्झनुपर्ने हुन सक्छ । काममा केही कठिनाइ देखिन सक्छ । आर्थिक लेनदेनमा सावधानी अपनाउनु आवश्यक छ । आमाबाट प्राप्त सहयोग वा स्रोतबाट लाभ लिन सकिनेछ । बन्न लागेको काम बिग्रिन सक्ने हुँदा चिन्ता बढ्न सक्छ ।

कुम्भ
आर्थिक अवस्था सन्तोषजनक रहनेछ । रोकिएका कामहरू पूरा हुनेछन् र नयाँ काम सुरु गर्न अनुकूल समय छ । पठन पाठनमा रुचि बढ्नेछ । घरायसी काममा व्यस्तता रहनेछ । आम्दानी अपेक्षा अनुसार हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार प्राप्त हुनेछ ।

मीन
पढाइ र व्यापारमा सफलता कायम रहनेछ । साथीभाइसँग भेटघाट हुनेछ । नयाँ कामका योजना बन्नेछन् । काम प्रति उत्साह र जाँगर बढ्नेछ । आर्थिक लाभको योग छ । नयाँ काम सुरु गर्न उपयुक्त दिन छ । समग्रमा दिन अत्यन्त शुभ रहनेछ ।

तपाईको प्रतिक्रिया