नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राउत विजयी
विराटनगर- नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत पुनः दोहरिएका छन् । आइतबार अध्यक्षका लागि भएको निर्वाचनमा राउत ६६ दशमलव ३७ प्रतिशत मतसहित विजयी हुँदै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
आइतबार बेलुका भएको निर्वाचनको परिणामअनुसार विजयी राउतका प्रतिस्पर्धी नविन रिजालले ३२ दशमलव ६३ प्रतिशत मत पाएका छन्। जित हात पारेका उद्योगी राउतले उद्योगी ब्यवसायीको मुलमुद्ध...









