काठमाडौं । सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णय भोलिदेखि नै लागू हुनेछ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको बताए । बिदाको दिन थपिएसँगै कार्यालय समयमा पनि परिमार्जन गरिएको छ ।
अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । तर शैक्षिक संस्थाहरूको हकमा भने यो समय लागू हुने छैन ।







