काठमाडौं। सम्पती शुद्धीकरण प्रकरणमा पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल रिहाइ भएका छन्। प्रहरीको अनुसन्धान व्यूरो (सिआइबी) ले शुक्रबार राती पक्राउ परेका अग्रवाललाई आइतबार छोडेको हो।

व्यवसायीक साझेदार दीपक भट्ट पक्राउ परेसँगै प्रहरीले शंकर ग्रुपका अध्यक्ष अग्रवाललाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो। भट्ट पक्राउ परेसँगै शंकरका छोरा सुलभ फरार भएका थिए। सुलभ फरार भएपछि प्रहरीले उनका बुबा शंकरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएका थिए।

बुबालाई प्रहरीले नियन्त्रणमा लिएसँगै सुलभ प्रहरीको सम्पर्कमा आएका थिए। सुलभ प्रहरीको सम्पर्कमा आएर हाजिर भएसँगै बुबा शंकरलाई प्रहरीले छोडेको हो।

तपाईको प्रतिक्रिया