सिन्धुलीमा अवैध बन्दुकसहित तीनजना पक्राउ
रामेछाप ।
सिन्धुलीमा प्रहरीले अवैध बन्दुक सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
दुधौली नगरपालिका–१४, गायोटारबाट प्रहरीले तीन अवैध भरुवा बन्दुक सहित तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मंगलबार राति इलाका प्रहरी कार्यालय डकाहाको प्रहरी टोलीले खानतलासीका क्रममा स्थानीय ५३ वर्षीय कुलबहादुर सुनुवार ,५० वर्षीय धनबहादुर सुनुवार र ४२ वर्षीय मङ्गलबहादुर सुनुवा...







