खेलाडी अभाव टार्न १६ वर्ष मुनिकालाई प्रशिक्षण
राममणि दाहाल
मकवानपुर, वैशाख ३ गते । हेटौँडामा फुटबल खेलाडीको अभावमा हुन थालेपछि वडा कार्यालयले तत्परता देखाउँदै प्रशिक्षण सुरु गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा २ को कार्यालयले १६ वर्ष मुनिकालाई लक्षित गरी तीन महिने प्रशिक्षण सुरु गरेको हो ।
प्रशिक्षणमा वडाभित्र बसोबास गर्नेसँगै वडाभित्र सञ्चालनमा रहेका एक सामुदायिक र दुई वटा संस्थागत गरी तीन वटा विद्यालयका विद्यार्थीको सहभागिता रहेको व...








