सुनसरी । सुनसरीको बराहक्षेत्रबाट प्रहरीले भारी मात्रामा अवैध लागूऔषध गाँजा बरामद गरेको छ। बराहक्षेत्र नगरपालिका–६ पटवारीबाट करिब २ सय २५ केजी गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–६ बस्ने २० वर्षीय बिशेष माझी र अर्का एक जना रहेका छन्। उनीहरूलाई मंगलबार राति इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो।
प्रहरीले गाँजा ओसारपसारमा प्रयोग गरिएको को.३० प ९४७५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ। पटवारी क्षेत्रमा शंकास्पद रूपमा बसिरहेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर लागूऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको सुनसरी प्रहरीले जानकारी दिएको छ।
photo :-ai







