वीरगन्ज भन्सारबाट २३ अर्ब ४६ करोड राजस्व सङ्कलन
वीरगन्ज। वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २३ अर्ब ४६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आव २०८३/८४ को भदौमा २३ अर्ब ४६ करोड १५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको हो। यो कार्यालयलाई दिइएको मासिक लक्ष्यको ९९=७५ प्रतिशत हो।
भदौ मसान्तसम्मको सङ्कलनसँगै चालु आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्यको १४.५२ प्रतिशत पूरा भएको भन्सार कार्यालयका प्रमुख भन्सार का...









