सुनसरी । इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
शनिबार बिहान २: ५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका चालक इनरुवा नगरपालिका–३ का २९ वर्षीय पारस थापा र पछाडि सवार सोही स्थानका ३४ वर्षीय सागर रेग्मीको उपचारका क्रममा मृत्यु भएको हो ।
दुवै जनालाई उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। थापाको बिहान ५ः११ बजे र रेग्मीको ४: ५२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





