काठमाडौं, २५ जेठ । संघीय संसद अन्तर्गतका दुई समितिका बैठक बस्दैँछ । संघीय संसद सचिवालय परिसर, सिंहदरवारमा उक्त बैठक बस्ने छन् । 
जसअनुसार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा नागढुङ्गा–सिस्नेखोला सुरूङ्गमार्ग सम्बन्धमा विभाग र आयोजनासँग छलफल हुनेछ ।

साथै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने कर्णाली प्रदेशमा भएको स्थलगत अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदनमाथि छलफल हुनेछ । सो बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

 

तपाईको प्रतिक्रिया