काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य महिला खुलातर्फको मतगणनामा वासना थापाले अग्रता लिएकी छन् । १५ पदका लागि भएको प्रतिस्पर्धामा थापाले २ हजार १५ मत प्राप्त गर्दै अग्रता बनाएकी हुन् ।
मतपरिणामअनुसार निमा गिरी १५३४ मतसहित दोस्रो स्थानमा छन् भने उर्मिला थपलिया १ हजार ५२५ मतसहित तेस्रो स्थानमा छन् ।
त्यस्तै, कुसुमदेवी थापाले १ हजार २०७, धना कुमारी खतिवडाले १ हजार १६५, अनिता देवकोटाले १ हजार १४३, विनिता खड्काले १ हजार ८४ र लक्ष्मी पाण्डेले १ हजार १४ मत प्राप्त गरेका छन् ।
सृजना अधिकारीले ९९६, मुना भुसालले ८८१, कल्पना तिवारीले ८७७, रिता थापा मगरले ८७६, चिनी पोखरेल (चिनु) ले ८७०, कान्तिका सेजुवालले ८६९ र गंगा दाहालले ८५८ मत प्राप्त गरेका छन् ।
अन्य उम्मेदवारमध्ये उमा दाहालले ८०५, निर्मला तामाङ बस्नेत (नीरु) ले ७९१, गंगा शाहीले ७३८, सम्झना खत्रीले ७३७, अकला गुरुङले ७३१, निर्मला क्षेत्रीले ७१७, जमुना ढकालले ६८० र गीता सत्यालले ६७१ मत प्राप्त गरेका छन्।
त्यसैगरी, इन्दिरा चौलागाईंले ५९९, गण्डकी थापा अधिकारीले ५९०, भगवती काफ्ले भण्डारीले ५८७, सुमित्रा कुमारी बमले ५६४, रिता सेन ओलीले ५६२, नम्रता बरालले ५४६, तुलसी देवकोटाले ५२३, राधिका कटुवालले ५१५, पवित्रा कुमारी अर्यालले ४९०, भवानी देवकोटाले ४५९, यस्मिन ढुंगानाले ४३६, विष्णु कुमारी सापकोटाले ३५८ र मोदती केसीले ३१७ मत प्राप्त गरेका छन् ।
महिला खुलातर्फ १५ केन्द्रीय सदस्य पदका लागि ३६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।





