उर्लाबारी/ मोरङको उर्लाबारी नगरपालिकामा १८औं प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा मिलन भट्टराईले सोमबारदेखि आफ्नो कार्यभार सम्हालेका छन्।
नगरपालिकाको प्रशासनिक नेतृत्वको जिम्मेवारी पाएका भट्टराईले औपचारिक रूपमा कामकाज सुरु गरेका हुन्। कार्यभार ग्रहणका क्रममा नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीनाकुमारी खतिवडा पौडेललगायतले उनलाई स्वागत गरेका थिए।
भट्टराईले आगमनसँगै नगरपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउने प्रतिबद्धता जनाउनु भयाे। नगरपालिकाको प्रशासनिक तथा व्यवस्थापकीय कार्यलाई चुस्तदुरुस्त बनाउनुका साथै विकास निर्माणका कामलाई गति दिन, सुशासन कायम गर्न र नागरिकलाई सहज रूपमा सार्वजनिक सेवा उपलब्ध गराउन प्रमुख प्रशासकीय अधिकृतको भूमिका महत्त्वपूर्ण रहेकाे उहाँ उल्लेख गर्नुभयाे।
प्रमुख प्रशासकीय अधिकृत भट्टराईको कार्यकालमा नगरपालिकाको प्रशासनिक कामकाज थप प्रभावकारी हुने र स्थानीय तहबाट प्रदान गरिने सेवामा सुधार आउने अपेक्षा गरिएको छ
उर्लाबारीकाे १८औं प्रमुख प्रशासकीय अधिकृतका रुपमा सम्हाले भट्टराईले कार्यभार





