उर्लाबारी–७ मा श्रमिक दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
उर्लाबारी । अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा उर्लाबारी नगरपालिका–७ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सञ्चार क्लब नेपाल, स्वतन्त्र निर्माण व्यवसायी मजदुर संघ तथा नगर आप्रवासी श्रमिक सञ्जालको संयुक्त आयोजनामा गरिएको हो भने प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी उर्लाबारीले गरेको थियो।
कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेल प्रमुख अतिथिका रूपमा सहभागी ...









