रु. ४ लाखभन्दा बढीका अवैध सामान भन्सार बुझाइयो

रु. ४ लाखभन्दा बढीका अवैध सामान भन्सार बुझाइयो
विराटनगर — सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय रानी, मोरङले सीमा क्षेत्रबाट बरामद गरेको रु. ४ लाख ९ हजार २ सय ७५ बराबरका अवैध सामान विराटनगर भन्सार कार्यालयमा बुझाएको छ। सशस्त्र प्रहरीले साउन ८ गते विभिन्न स्थानमा सञ्चालन गरेको निगरानीका क्रममा किराना सामग्री, लत्ताकपडा, मोटर पार्ट्स, गहना राख्ने बट्टा, नक्कली गरगहना तथा अन्य सामग्री बरामद गरेको जनाएको छ। बरामद गरिएका सामान आ...

आर्थिक मामिलासहित तीन वटा संसदीय समिति बैठक बस्दै

आर्थिक मामिलासहित तीन वटा संसदीय समिति बैठक बस्दै
काठमाडौं। संघीय संसद् मातहतका तीनवटा समितिको बैठक आज बस्दै छ। संघीय संसद् सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो। विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष २०८३÷८४ को वार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफल हुने कार्यक्रम छ। समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ। विध...

त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव

त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
काठमाडौँ, साउन ७ गते । मुलुकको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले आज आफ्नो ६७औँ वार्षिकोत्सव मनाएको छ । विश्वविद्यालय दिवसका अवसरमा कीर्तिपुरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले झण्डोत्तोलन गर्नुभयो । त्यस अवसरमा दीर्घ सेवा गरेका प्राध्यापक तथा कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो । विश...

आजको राशिफलः बिसं २०८३ साउन ८ गते शुक्रबार

आजको राशिफलः बिसं २०८३ साउन ८ गते शुक्रबार
आजको राशिफलः बिसं २०८३ साउन ८ गते शुक्रबार, ई सं २०२६ जुलाई २४, ऋृतुः बर्षा, अयानः दक्षिणायन, नेपाल सम्बत ११४६ दिल्लाथ्व दशमी, आषाढ शुक्ल पक्ष, असार शुक्ल दशमी, नक्षत्रः अनुराधा, चन्द्रमा बृश्चिक राशीमा, सुर्य कर्कट राशीमा, योगः शुक्ल, करणः गर । आज नेपालमा सुर्योदय बिहान ५ः२३ मिनेटमा र सूर्यास्त साँझ ०६ः५६ मिनेटमा हुनेछ ।   आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तुलसीका पात चपाए...

सीमाबाट १४ लाखभन्दा बढीको तस्करी सामान बरामद

सीमाबाट १४ लाखभन्दा बढीको तस्करी सामान बरामद
विराटनगर । सशस्त्र प्रहरी बलले मोरङको नेपाल–भारत सीमा क्षेत्रमा भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेको १४ लाख १२ हजार ३०० रुपैयाँ बराबरको लत्ताकपडा, हरियो तरकारी तथा सवारी साधन बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण मुख्यालय कंकालिनीका अनुसार बुधबार सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा तीनवटा मोटरसाइकलमार्फत ल्याइँदै गरेको १२ लाख २७ हजार ३०० रुपैयाँ बराबरको लत...

धार्मिक अभियन्ता भनिने बेदिका केसी पक्राउ

धार्मिक अभियन्ता भनिने बेदिका केसी पक्राउ
काठमाडौं, ७ साउन । सामाजिक धार्मिक अभियन्ता भनिने वेदिका केसीलाई प्रहरीले पक्राउ गरेको छ ।   नेपाल प्रहरीको साइबर ब्युरो, भोटाहिटीको टोलीले आज दिउँसो जोरपाटीबाट उनलाई नियन्त्रणमा लिएको हो ।   ब्युरोका प्रवक्ता एवं एसपी दिलिपकुमार गिरीका अनुसार अभियन्ता केसीविरुद्ध साइबर अपराधबारे जाहेरी परेको थियो। उनलाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट एक दिनको म्याद थप पनि भइसकेको...

​हिट एन्ड रन घटनाका फरार चालक गाडीसहित इटहरीबाट पक्राउ

​हिट एन्ड रन घटनाका फरार चालक गाडीसहित इटहरीबाट पक्राउ
मोरङ, ७ साउन । मोरङको कानेपोखरीमा पैदल यात्रीलाई ठक्कर दिएर फरार भएका गाडी चालकलाई प्रहरीले गाडीसहित पक्राउ गरेको छ।   ​इलाका प्रहरी कार्यालय पथरीका अनुसार गत साउन ३ गते पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ७ मा तत्काल नम्बर नखुलेको सवारी साधनले पैदल यात्री पथरीशनिश्चरे-१० त्रिवेणी चोक बस्ने ६० वर्षका गोबिन्द लिम्बुलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका...

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ४५८ जनालाई कारबाही

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ४५८ जनालाई कारबाही
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार ४५८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५२, यान्त्रिक कारवाहीमा ३५, रातोबत्तीमा ५६ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १४८, हर्न निषेधमा ४४, लेन क्रसमा ९१, अवस्था ठिक नभएको ५० र एकतर्...

अनधिकृत रुपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी

अनधिकृत रुपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
काठमाडौं। सीटीईभीटीबाट सीप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्दै आएको इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटमा श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, सीटीईभीटी र विभागको संयुक्त टोलीले अनुगमनका क्रममा सिलबन्दी गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र वैदेशिक रोजगार विभागको संयुक्त अ...

विभागद्वारा ८ फर्ममा स्थलगत अनुगमन, बिलबिजक नराख्ने खाद्य स्टोरलाई ५ हजार जरिवाना

विभागद्वारा ८ फर्ममा स्थलगत अनुगमन, बिलबिजक नराख्ने  खाद्य स्टोरलाई ५ हजार जरिवाना
काठमाडौं। स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नागार्जुन–२ खरिबोट वनस्थलीमा रहेको राजश्री खाद्य स्टोरलाई जरिवाना गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफाअनुसार बिलबिजक नराखेको पाइएपछि विभागले सो स्टोरलाई पाँच हजार जरिवाना गरेको हो। विभागले कुल आठ वटा फर्ममा स्थलगत अनुमगन गरेको थियो। त्यसमध्ये सात वटालाई सुधारात्मक निर्देशन दिएको छ। विभागले उ...