राप्रपाको ४९ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न

राप्रपाको ४९ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालसम्म ४९ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ । पार्टीले भदौ मसान्तभित्र बाँकी सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने गरी तयारी अघि बढाएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्षहरूमा ताप्लेजुङमा अमृतकुमार सावदेन, इलाममा ताराप्रसाद नेपाल, झापामा केशवप्रसाद ओझा, मोरङमा मनोज बस्नेत, तेह्रथुममा टंकप्रसाद अ...

नेतन्याहुको कपाल र मेकअपमा सात वर्षमा ७ करोड खर्च

नेतन्याहुको कपाल र मेकअपमा सात वर्षमा ७ करोड खर्च
काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कपाल मिलाउने र मेकअपमा सन् २०१९ देखि सन् २०२६ को अगस्टसम्म करिब ४ लाख ७० हजार अमेरिकी डलर अर्थात् करिब ७ करोड १७ लाख रुपैयाँ खर्च भएको सरकारी अभिलेखबाट खुलेको छ । सूचनाको हकअन्तर्गत सार्वजनिक गरिएको विवरणअनुसार उक्त खर्चको करिब ९० प्रतिशत प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनकी पत्नी सारासँग सम्बन्धित रहेको बताइएको छ । सन् २०२५ मा मात्रै ...

सुरुङमा फसेकाहरुको सकुशल उद्धार हुने आशामा खोजी काम चल्दै

सुरुङमा फसेकाहरुको सकुशल उद्धार हुने आशामा खोजी काम चल्दै
काठमाण्डौ – यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षतिग्रस्त बनेका रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरुको सकुशल उद्धारको आशामा खोज तथा उद्धारको काम भैरहेको छ । नेपाली सेना तथा सम्बन्धित निकायहरूको निरन्तर प्रयासबाट रसुवाको स्याफ्रुबेँसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोड्ने पहुँचमार्ग बनाइएको छ । सुरुङसम्म बाटो बनेसँगै एक्जाभेटर र लोडरको...

तेह्र हजारको उद्धार, पाँच हजार अझै बेपत्ता

तेह्र हजारको उद्धार, पाँच हजार अझै बेपत्ता
काठमाडौँ, भदौ २७ गते । रसुवामा भदौ १० गते आएको भोटेकोशी हिमबाढीपछि प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ६०२ जनाको उद्धार गरिएको छ । पाँच हजारभन्दा बढी व्यक्ति सम्पर्कविहीन छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ३८६ पुगेको छ । प्राधिकरणका प्रवक्ता शान्ति महतले रसुवा, नुवाकोटलगायत प्रभावित जिल्लामा खोज तथा उद्धार कार्य जारी रहे...

पैसा तिर्न नसक्दा सुत्केरीले सडकमा बच्चा जन्माएको घटनामा ६ कर्मचारी हटाइए

पैसा तिर्न नसक्दा सुत्केरीले सडकमा बच्चा जन्माएको घटनामा ६ कर्मचारी हटाइए
सप्तरी / सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पैसा तिर्न नसकेको भन्दै प्रसूति व्यथा लागेकी महिलालाई भर्ना नगरेपछि सडक पेटीमै बच्चा जन्माउन बाध्य भएको घटनामा ६ कर्मचारीलाई कामबाट हटाइएको छ। अस्पतालले शुक्रबार सूचना जारी गर्दै डा. उषा देव, सुरक्षा गार्ड देवकान्त झा, स्टाफ नर्सद्वय मनिषा कुमारी साह र सजन चौधरी, कास रेणु ठाकुर तथा स्वीपर कृष्ण मेहतरलाई कामकाजबाट हटाएको जनाएको हो। छ...

कस्तो छ आजको मौसम पूर्वानुमान ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थान...

शनिबार रातीदेखि आइतबार बिहान ६ बजेसम्म ग्लोबल आइएमई बैंकका डिजिटल सेवा बन्द

शनिबार रातीदेखि आइतबार बिहान ६ बजेसम्म ग्लोबल आइएमई बैंकका डिजिटल सेवा बन्द
काठमाडौं। ग्लोबल आइएमई बैंकले आज राती १० बजेदेखि आइतबार बिहान ६ बजेसम्म सबै डिजिटल बैंकिङ सेवा करिब ८ घन्टाका अवरुद्ध हुने जनाएको छ। बैंकले डेटा सेन्टर स्थानान्तरणसम्बन्धी काम गर्नुपर्ने भएकाले भदौ २७ गते शनिबार राराती १० देखि भदौ २८ गते आइतबार बिहान ६ बजेसम्म डिजिटल बैंकिङ सेवा अवरुद्ध हुने बताएको हो। उक्त अवधिमा बैंकका एटीएम, कार्ड, मोबाइल बैंकिङ, अनलाइन रेमिट्यान्स, अनलाइन खाता खोल्नेलगाय...

भोटेकोशी बाढीसम्बन्धी २३३ सामग्रीमा आचारसंहिता उल्लङ्घन

भोटेकोशी बाढीसम्बन्धी २३३ सामग्रीमा आचारसंहिता उल्लङ्घन
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि सोसम्बन्धी सामग्रीको सञ्चार अनुगमनका क्रममा २३३ वटामा आचारसंहिता उल्लङ्घन भएका छन् । प्रेस काउन्सिल नेपालले बाढीपछि सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित सामग्रीको अनुगमन गर्दा पत्रकारिताको आचारसंहिताविपरीत २३३ सामग्री सम्प्रेषण भएको भेटिएको हो । प्रेस काउन्सिलले सार्वजनिक गरेको सञ्चार अनुगमनसम्बन्धी विवरणअनुसार बाढीसम्बन्धी सामग्र...

मलेसिया रोजगारी विवादमा व्यवसायीको तस्बिर सार्वजनिक गर्दै संघको अमर्यादित टिप्पणी

मलेसिया रोजगारी विवादमा व्यवसायीको तस्बिर सार्वजनिक गर्दै संघको अमर्यादित टिप्पणी
काठमाडौं। नेपाल वैदेशिक व्यवसायी संघले मलेसियामा नेपाली श्रमिक पठाउने २५ वटा म्यानपावर कम्पनीका सञ्चालकहरूको तस्बिर सार्वजनिक गर्दै अमर्यादित तथा आपत्तिजनक भाषा प्रयोग गरेको छ। मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्ल्युसिएमएस)मार्फत नेपाली श्रमिक पठाउने क्रममा ‘सिन्डिकेट’ खडा गरी श्रमिकबाट चर्को रकम असुलिएको आरोप लगाउँदै संघले सामाजिक सञ्जालमार्फत सम्बन्धित व्यवसायीहरूको ...

भोटेकोसीको विनाशकारी बाढीपछि त्रिशूली जलविद्युत् र मल्टी इनर्जी डेभलपमेन्टको रेटिङ ‘शंकास्पद’ निगरानीमा

भोटेकोसीको विनाशकारी बाढीपछि त्रिशूली जलविद्युत् र मल्टी इनर्जी डेभलपमेन्टको रेटिङ ‘शंकास्पद’ निगरानीमा
काठमाडौं। भदौ १० मा रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीपछि विभिन्न विद्युत् आयोजनामा अर्बौंको लगानी खेर गएको छ। बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन, निर्माण चरणमा रहेका र निर्माण सम्पन्न आयोजनामा ठूलो क्षति पुगको छ। रेटिङ एजेन्सी इक्रा नेपालले त्रिशूली जलविद्युत् कम्पनी र मल्टी इनर्जी डेभलपमेन्टको ऋण रेटिङलाई शंकास्पद निगरानी (वाच लिस्ट)मा राखेको छ। बाढीले जलविद्युत् आयोजनाको भौतिक संरचनामा ...