सिआइबीले लियो एनसेलबाट स्मार्ट टेलिकमसम्बन्धी कागजात
काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले बिहीबार एनसेलको प्रधान कार्यालयबाट स्मार्ट टेलिकमसँग सम्बन्धित कागजात लिएको छ।
सीआइबीले एनसेल कार्यालयमा पुगेर महत्त्वपूर्ण कागजात र प्रमाणहरू नियन्त्रणमा लिएको हो।
सीआइबी स्रोतका अनुसार अनुसन्धानका क्रममा कागजात लिने कार्य भएको हो।
सीआइबीले स्मार्ट टेलिकम प्रकरणमा संस्थाका तत्कालीन अध्यक्ष सर्वेश जोशीलाई २२ वैशाखमा पक्राउ ग...









