झापामा एक सातामै १३ जना बेपत्ता

झापामा एक सातामै १३ जना बेपत्ता
बिर्तामोड, कात्तिक १० । शनिबार मात्रै झापामा तीनजना किशोरी र एक महिलासहित चारजना बेपत्ता भएको प्रहरीमा निवेदन परेको छ । त्यसमध्ये दुईजना भेटिए भने दुईजना अहिलेसम्म सम्पर्कविहीन नै छन् । शुक्रबार बिहान ६ बजे मेचीनगर-४ आमडाँगी पशुपति टोल बस्ने जगन्नाथ गिरीकी छोरी १७ वर्षीया मनिका गिरी कोही कसैलाई नसोधी आफूखुसी घरबाट हिँडेकी हुन् । उनी हालसम्म बेपत्ता भएपछि उनका बुवा जगन्नाथ गिरीले हिजो प्रह...

छठ पर्वको दोस्रो दिन खरना विधि सम्पन्न

छठ पर्वको दोस्रो दिन खरना विधि सम्पन्न
महोत्तरी, कार्तिक ९ गते । सूर्य उपासना र आस्थाको चार दिवसीय पर्व छठको दोस्रो दिन आइतबार साँझ महोत्तरी सहित देशभर घर–आँगनमा भक्तिभावका साथ खरना विधि सम्पन्न गरिएको छ। छठको दोस्रो दिन ‘खरना’ पञ्चमी तिथिमा पर्दछ, जसको अर्थ पापको क्षय र आत्मशुद्धिकरण हो। खरनाको दिन व्रतालुहरूले आज दिनभरि निर्जला व्रत बसेर, साँझ नुहाएर शुद्ध भई कुलदेवताका अगाडि नयाँ माटोको चुलोमा बनाइएको चोखो प्रसाद चढाएर खरना ...

विश्वकप लिग–२ : नेपाल अमेरिकासँग १०६ रनले पराजित

विश्वकप लिग–२ : नेपाल अमेरिकासँग १०६ रनले पराजित
काठमाडौँ, कात्तिक ९ गते । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग एक सय ६ रनले पराजित भएको छ । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा आइतबार जितका लागि दुई सय ६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५६ रनमा समेटियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन बनाउनुभयो । यस्तै आशिफ शेखले ३७, भिम सार्कीले २० र सोमपाल कामीले १...

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा , हेर्नुहोस् को कहाँ पुगे

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा , हेर्नुहोस् को कहाँ पुगे
काठमाडौँ । गृह मन्त्रालयले देशभरका ३६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको सरुवा गरेको छ। मन्त्रालयले आइतबार रुपन्देही, कैलाली, महोत्तरी, पर्सा, बाँके, बर्दिया, रौतहट, कपिलवस्तु लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई नयाँ जिल्लामा सरुवा गरेको हो। मन्त्रालयले केही जिल्लामा नयाँ सीडिओको जिम्मेवारी तोकिएको छ भने केहीलाई स्थानान्तरण गरी अन्य जिल्लामा पठाइएको छ।

आजको राशिफल ~ वि.सं २०८२ कार्तिक १० गते सोमबार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२ कार्तिक १० गते सोमबार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – लोकप्रियता बढ्ने तथा साझेदारी व्यवसायमा लाभ पाउने समय हो, तथापि अधिकार प्राप्ति वा भविष्यको चिन्ताले सताउन सक्छ, पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्, तापनि चुनौती चिर्दै काम बनाउन सकिने छ । कमजोरीलाई माध्यम बनाएर शत्रु हाबी हुने समय छ, विश्वासिलो साथी वा सहयोगी कर्मचारीले नै समस्या बल्झाउन सक्छन्, सचेत हुनुपर्छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु,...

आजको राशिफल ~ वि.सं २०८२ कार्तिक ९ गते आइतबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२ कार्तिक ९ गते आइतबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अत्यधिक कामले मन भारी हुन सक्छ, त्यसैले ध्यान, मेडिटेशन वा योग अभ्यास गर्नु लाभदायी हुनेछ । हतारमा गरिएको निर्णय प्रायः गलत हुन्छ, त्यसैले संयमता अपनाउनु आजको प्रमुख आवश्यकता हो । विगतको सानो कमजोरी वा गोपनीयता बाहिरिनुले मानसिक तनाव सिर्जना गर्न सक्छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज परिवार र पार्टनरबीच सन्तुलन मिलाउन चुनौतीपूर्ण समय हुन सक्छ...

गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि

गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौं — गायिका नितु पौडेलको पार्थिव शरीरको शनिबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। पोस्टमार्टमपछि परिवारले उनको अन्त्येष्टि गरेको हो। कीर्तिपुरस्थित बर्न अस्पतालमा करिब एक सातादेखि उपचाररत पौडेलको शुक्रबार बिहान साढे ८ बजे निधन भएको थियो। पौडेलले १ कात्तिकमा स्टुडियोमा पेट्रोल छर्की आत्मदाहको प्रयास गरेकी थिइन्। गम्भीर रूपमा जलेकी उनलाई तत्काल अस्पताल लगिएको थियो। उपचारका क्रममा...

प्राधिकरणले काट्यो थप १८ उद्योगको बिजुली

प्राधिकरणले काट्यो थप १८ उद्योगको बिजुली
काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रङ्कलाइन प्रयोग गरेर त्यसवापतको महसुल नतिर्ने थप १८ वटा उद्योगको विद्युत् लाइन काटेको छ। यसअघि प्राधिकरणले छ वटा उद्योगको लाइन काटेकामा शुक्रबार रातिदेखि थप १८ वटा उद्योगको बिजुली काटेको हो। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार हिजो पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, कसमस सिमेन्ट, एसआर स्टिल, पञ्चकन्या प्लास्टि...

एकै दिन मुस्ताङ भित्रिए झन्डै ७ हजार पर्यटक

एकै दिन मुस्ताङ भित्रिए झन्डै ७ हजार पर्यटक
काठमाडौं- धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकै दिन ६ हजार ८५९ पर्यटक भित्रिएको प्रहरीले जानकारी दिएको छ। मुस्ताङ प्रहरीका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन शुक्ररबार बेनी–जोमसोम सडकमार्ग हुँदै उक्त सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन्। शुक्रबार बेनी–जोमसोम सडकमार्ग यात्रुवाहक सवारीसाधनको लस्करले व्यस्त रहेको प्रहरीले जानकारी दिएको छ। मुक्तिनाथ दर्शन तथा मुस्ताङको र...

थाइल्यान्डकी मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन, राष्ट्र शोकमग्न

थाइल्यान्डकी मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन, राष्ट्र शोकमग्न
बैंकक- थाइल्यान्डकी पूर्वमहारानी तथा वर्तमान राजा महा भाजिरालोङ्कोर्नकी आमा, मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन भएको छ । थाइल्यान्डको सरकारी जनसम्पर्क विभाग (पिआरडी) ले शनिबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । विज्ञप्तिमा अनुसार मुमा महारानी सिरिकितको केही समयदेखि रक्त सङ्क्रमणका कारण अस्पतालमा उपचार भइरहेका थियो । मेडिकल टोलीको निरन्तर प्रयासका बाबजुद उनको स्वास्थ्य अवस्थ...