१० सहकारीका १९७ बचतकर्ताले पाए रकम फिर्ता
काठमाडौं। विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन्। राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अनुसार सम्बन्धित सहकारी संस्थाका बचतकर्ताको प्रक्रिया पूरा गरी रोकिएको बचत रकम फिर्ता गरिएको हो।
प्राधिकरणका अनुसार ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै १७४ बचतकर्ताले रकम फिर्ता पाएका छन्। बाँकी ९ सहकारी संस्थाका २३ बचतकर्तालाई विभिन्न परिमाणमा बचत रकम फिर्ता गरिएको प्रा...









