पूर्वाधार र प्रचारप्रसारको पर्खाइमा सिन्धुलीका झरना
बाबुराम देवकोटा
सिन्धुलीमाढी, साउन २६ गते । सिन्धुलीका विभिन्न स्थानमा रहेका प्राकृतिक झरना पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएका छन् ।
गर्मी छल्न र प्राकृतिक सौन्दर्यमा रमाउन झरना पुग्ने पर्यटकको सङ्ख्या बढ्दै गएपनि आवश्यक पूर्वाधार र प्रभावकारी प्रचार–प्रसारको भने अभाव रहेको स्थानीयको गुनासो छ । कमलामाई नगरपालिका, दुधौली नगरपालिका र घ्याङ्लेख गाउँपालिकाका विभिन्न स्थ...









