धादिङ । धादिङको गल्छी गाउँपालिका–७ स्थित मछेडी खोला नजिक ग्यास बोकेको बुलेट पल्टिएर ग्यास चुहावट भएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
दुर्घटनामा बुलेटका चालक घाइते भएका छन् । सडकमा पल्टिएको बुलेटबाट ग्यास लिक हुन थालेपछि आसपासका स्थानीय त्रसित बनेका छन् ।
प्रहरीले ग्यास चुहावटका कारण सम्भावित जोखिम बढेपछि प्रहरीले उक्त सडकखण्डमा सवारी आवागमन रोकेको छ । घटनास्थलमा दमकल आवश्यक परेपछि गजुरीबाट दमकल झिकाइएको छ ।
ग्यास चुहावट भइरहेकाले घटनास्थलमा सतर्कता अपनाइएको छ । राजमार्ग अवरुद्ध हुँदा उक्त सडकखण्डमा सवारी आवागमन दुइतर्फी प्रभावित भएको छ ।





