पौष २५ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
मेष
पति पत्नी बीच घर सल्लाह नमिल्न सक्छ र आर्थिक संकट पनि आउन सक्नेछ । विचारपूर्वक निर्णय लिनु लाभदायी हुनेछ । अनावश्यक झगडा हुन सक्छ, साथै यात्रामा सावधानी अपनाउन आवश्यक छ । लेनदेनमा समस्या देखा पर्न सक्छ । शत्रु बढ्ने सम्भावना छ, र व्यापारमा घाटा बेहोर्नु पर्ला ।
वृष
कामको सन्दर्भमा रमाइला व्यक्तिहरूसँग मित्रता बढ्नेछ । कला क्षेत्रमा रुचि बढ्नेछ । मान प्रतिष्ठा र सामाजिक मर्यादामा वृद्धि हु...









