मेष
धन, मान प्रतिष्ठा प्राप्त हुने योग छ । नोकरी तथा राजनीतिमा आफ्नो प्रभाव बढाउन सकिनेछ । गरेको कामको कदर भई प्रतिष्ठा उकासिनेछ । पढाइ तथा व्यापारमा प्रगति हुने अनुकूल दिन छ ।

वृष
सामाजिक उत्तरदायित्व प्राप्त हुने योग छ । नयाँ काम तथा जिम्मेवारी हात लाग्ने सम्भावना छ । प्राविधिक क्षेत्रमा सफलता मिल्नेछ । आत्मविश्वास बढ्नेछ भने वैदेशिक क्षेत्रमा गरिएको लगानी व्यर्थ जाने छैन ।

मिथुन
बौद्धिक क्षमता प्रखर भई सिर्जनात्मक कार्यमा सफलता मिल्नेछ । व्यापारमा फाइदा हुने संकेत छ । रोकिएका घरेलु कामहरू क्रमश: बन्नेछन् । महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा लाभ हुनेछ ।

कर्कट
घरायसी सम्पत्ति सम्बन्धी चिन्ताले सताउन सक्छ । विगतका कमजोरी र गल्तीका कारण मानसिक तनाव उत्पन्न हुन सक्छ । केही चुनौतीको सामना गर्नुपर्ने देखिएपनि सहयोगीहरूको साथ पाउन सकिनेछ । स्वास्थ्य प्रति सचेत रहनु आवश्यक छ ।

सिंह
आम्दानी बढ्ने र उठ्न बाँकी रकम प्राप्त हुने समय छ । कृषि तथा पशुपालनमा लाभ मिल्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । व्यवसायिक काममा केही अवरोध आएपनि धनजनको वृद्धि हुनेछ ।

कन्या
सुख दु:खमा साथ दिने व्यक्तिहरू भेटिनेछन् । कामको चाप र थकानबाट मुक्ति पाई विश्रामको अवसर मिल्नेछ । ऋण सापटी लिन दिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषजनक रहनेछ ।

तुला
हाँसखेल, भ्रमण तथा मनोरञ्जनमा दिन बित्नेछ । टाढाको यात्राबाट केही धन लाभ हुन सक्छ । व्यापार प्रवर्द्धनका लागि यात्रा हुनेछ । रमाइलो भेटघाटले मन प्रफुल्लित बनाउँदै आत्मबल बढाउनेछ ।

वृश्चिक
समय मध्यम खालको छ । कुनै नयाँ समाचारले मन खिन्न हुन सक्छ । सोचे अनुसार काम नहुन सक्छ । स्वास्थ्यमा सुधार आउनेछ । काम गर्ने उत्साह बढ्ने समय छ ।

धनु
छर छिमेकमा केही असमझदारी देखिन सक्छ, तर खास हानि हुने छैन । परिश्रम अनुसार उपलब्धि प्राप्त हुनेछ । रोकिएका काम पुन: सुरु हुन सक्ने सम्भावना छ । दिन समग्रमा मध्यम रहनेछ ।

मकर
धार्मिक तथा परोपकारजन्य कार्यबाट प्रतिष्ठा बढ्नेछ । शारीरिक अस्वस्थताको सम्भावना भएकाले स्वास्थ्य प्रति ध्यान दिनु आवश्यक छ । आम्दानी स्थिर रहनेछ, तर निरर्थक क्षेत्रमा धन खर्च हुने योग देखिन्छ ।

कुम्भ
काममा केही चुनौती देखिए पनि निरन्तर प्रयास गर्दा समयको सदुपयोग भई धन लाभ हुनेछ । विपरीत लिङ्गीको सहयोग प्राप्त भई मन प्रसन्न रहनेछ । अनौठो वा अप्रत्याशित खबर सुन्न पाइएला ।

मीन
परिवार भित्र असमझदारी बढ्न सक्छ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्ने भएकाले सचेत रहनुहोस् । धेरै लगानीपछि अपेक्षाकृत कम फाइदा हुने सम्भावना छ ।

तपाईको प्रतिक्रिया