मेष
पति पत्नी बीच घर सल्लाह नमिल्न सक्छ र आर्थिक संकट पनि आउन सक्नेछ । विचारपूर्वक निर्णय लिनु लाभदायी हुनेछ । अनावश्यक झगडा हुन सक्छ, साथै यात्रामा सावधानी अपनाउन आवश्यक छ । लेनदेनमा समस्या देखा पर्न सक्छ । शत्रु बढ्ने सम्भावना छ, र व्यापारमा घाटा बेहोर्नु पर्ला ।

वृष
कामको सन्दर्भमा रमाइला व्यक्तिहरूसँग मित्रता बढ्नेछ । कला क्षेत्रमा रुचि बढ्नेछ । मान प्रतिष्ठा र सामाजिक मर्यादामा वृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन् र नसोचेको सम्मान मिल्ने दिन छ । पढाइमा सुधार आउने योग छ । कुरा काट्नेहरू प्रशंसक बन्नेछन्, जागीरबाट पनि सन्तुष्टि मिल्ने देखिन्छ ।

मिथुन
कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्नेछ, आफन्तसँग भेटघाट हुनेछ । अधुरा काम पूरा हुने र नयाँ काम पाउने योग छ । धन कमाउने अवसर प्राप्त हुनेछ । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निमन्त्रणा वा कार्यक्रममा सहभागी हुने अवसर प्राप्त हुनेछ ।

कर्कट
व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक तथा व्यापारिक काम काजमा फाइदा हुनेछ । व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष लाभ हुनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ । प्रेम सम्बन्ध र दाम्पत्य सुखको योग छ । स्वास्थ्यमा सुधार आउनेछ र आयआर्जनका स्रोत फेला पर्नेछन् ।

सिंह
स्वास्थ्यमा अचानक समस्या देखा पर्न सक्छ । चोट पटकको सम्भावना पनि छ, सावधानी अपनाउनुहोस् । बाटो काट्दा वा हात हतियार प्रयोग गर्दा सचेत रहनुहोला । पहिलेको रोगले पुनः सताउन सक्छ । समय राम्रो भएपनि खर्च बढ्ने, विवाद र शत्रुले सताउने योग छ, सतर्क रहनु जरूरी छ ।

कन्या
परिवारसँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको सम्भावना छ । संगीत सिक्न मन लाग्नेछ । विभिन्न अवसरले पछ्याउने छन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । वित्तीय लाभ हुनेछ । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठन पाठनमा ध्यान दिनु लाभदायी हुनेछ । प्रेम सम्बन्ध बलियो रहनेछ ।

तुला
आम्दानी बढ्नेछ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मिठाई तथा स्वादिष्ट भोजनको योग छ । अरुको विश्वास जित्न सजिलो हुनेछ । धन मान पाउने योग छ । गरेको कामबाट फाइदा हुनेछ । व्यापारबाट राम्रै आम्दानी हुने सम्भावना छ । नसोचेको काम बन्ने योग छ, अनौठो समाचार पनि सुनिनेछ ।

वृश्चिक
मनमा रहेको डर हट्नेछ र काममा उत्साह बढ्नेछ । टाढाको यात्रा गर्ने अवसर आउनेछ । दिन सामान्य नै रहनेछ । अनुकूल यात्राको सम्भावना छ । पठन पाठन सामान्य रहला, फुर्सदिलो समय हुनेछ । प्रयास गर्दा अवसरको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ हुनेछ ।

धनु
धेरै श्रम गरेपनि कामको मूल्याङ्कन कम हुनेछ । भएको आम्दानी र सञ्चित रकम खर्च गर्नुपर्ला । हतारमा निर्णय गर्दा काम बिग्रन सक्छ, सचेत रहनुहोला । मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । आर्थिक संकट आउन सक्छ, लेनदेनमा विवाद बढ्नेछ । घरायसी समस्या देखा पर्न सक्छ ।

मकर
खर्च बढ्नेछ र स्वास्थ्य कमजोर हुने सम्भावना छ । काममा अवरोध आउन सक्छ । कुरा काट्नेहरू बढ्नेछन्, सतर्क रहनुहोस् । नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन अनुकूल समय नहुन सक्छ । गलत विचारले काममा बाधा सिर्जना गर्नेछ । अरुको काम गर्नुपर्नेछ र समयको बचत कम हुनेछ ।

कुम्भ
दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । काम र व्यापारमा फाइदा हुनेछ । सोच्ने क्षमता बढ्नेछ । कुरा काट्नेहरू प्रशंसक बन्नेछन् । अन्न तथा धनको वृद्धि हुनेछ । दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ । पैसा लेनदेनको काम पनि हुनेछ ।

मीन
आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनेर मन हर्षित हुनेछ । परिश्रमले धेरै काम बन्नेछ र धन कमाउने अवसर बढ्नेछ । भाग्य बलियो हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरे राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा रमाउने समय पनि मिल्नेछ ।

तपाईको प्रतिक्रिया