फिक्कल–नयाँबजार सडक सञ्चालन
प्रेम अधिकारी
पशुपतिनगर (इलाम), असोज २४ गते । असोज १८ गते रातिको बाढीपहिरोले अवरुद्ध भएको इलामको फिक्कल–नयाँबजार सडक सञ्चालनमा आएको छ ।
मयूखोलाको पानी फिजाएसँगै खोलामाथिको भागमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएपछि उक्त सडकमा आज दिउँसोबाट यातायत सञ्चालनमा आएको हो । उक्त सडक अवरुद्ध भएपछि सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिका बिच सडक सम्पर्क टुटेको थियो ।
बाढीले मयूखोलाको कल्भर्ट बग...









