काठमाण्डौ – लोकतान्त्रिक होटल व्यवसायी सङ्घले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रुलाई खाना र बस्नको व्यवस्था गर्ने भएको छ । नेपाली कांग्रेस निकट तथा शुभेच्छुक संस्था रहेको सङ्घका अध्यक्ष लीलाप्रसाद ढकालले विमानस्थलमा रोकिएका यात्रुलाई तत्काल राहतस्वरूप आवास र भोजनको प्रबन्ध मिलाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टी सभापति गगनकुमार थापाको निर्देशनअनुसार होटल व्यवसायीहरूले संयुक्त निर्णय गर्दै सहयोग शुरु गरेका हुन् । इरानमा अमेरिका र इजरायलले आक्रमण गरेपछि मध्यपूर्वमा उत्पन्न तनावका कारण त्रिभुवन विमानस्थलबाट हुने उडान पनि प्रभावित भएका छन् ।

तपाईको प्रतिक्रिया