एन्फा यु-१६ युथ लिग : उपाधिमा चार टोलीको दाबेदारी
मच्छिन्द्र फुटबल क्लबले १६औं जित निकाल्दै एन्फा यु-१६ युथ लिगमा शीर्षता होड जारी राख्दा जावलाखेल युथ र संकटा क्लबले पनि सुखद नतिजा आत्मसात् गरेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मच्छिन्द्रले सोमबार हिमालयन शेर्पा क्लबमाथि ६-१ को फराकिलो जितसँगै लिगमा शीर्षताको होड कायमै राख्यो। मच्छिन्द्रको जितमा राहुलकुमार योञ्जन, सुदीप ठकुरी, गोविन्द विक, कोन्जोक लामा, प्रज्ञान राई र आर्यावी...









