काठमाडौं। शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालविरुद्ध ५ दिन म्याद थप गरिएको छ। जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध ५ दिन म्याद थप गरेको हो। उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आइतबार पक्राउ गरिएको थियो।

बहस सकिएसँगै उनलाई ५ दिन म्याद थप गरिएको जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपककुमार श्रेष्ठले जानकारी दिए।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविद्ध अनुसन्धान भइरहेको छ। अग्रवाल २०७६ सालमा पनि ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेको आरोपमा पक्राउ परेका थिए। उनलाई पछि विभागले तारेखमा छाडेको थियो।

यसअघि शुक्रबार नै शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ परेका थिए। उनलाई भने बयान सकेर छोडिएको छ।शंकर ग्रुप नेपालको एक अग्रणी व्यावसायिक घरानाका रूपमा चिनिन्छ। यसको मुख्य कम्पनी जगदम्बा स्टिल हो। यो समूहले नेपालमा स्टिलसँगै, सिमेन्ट, जलविद्युत्, उपभोक्ता वस्तु लगायत क्षेत्रमा लगानी गरेको छ।

तपाईको प्रतिक्रिया