काठमाडौँ, २२ चैत
काठमाडौंमा ‘एनुअल डिस्ट्रिब्युटर मिट २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। प्रिमियम कस्मेटिक ब्रान्ड ‘कलर एसेन्स’ र स्किन केयर ब्रान्ड ‘नेचर्स एसेन्स’का आधिकारिक विक्रेता एसएमके इन्टरप्राइजेज प्रालिको आयोजनामा सम्पन्न कार्यक्रममा देशभरका ३७ जना वितरकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कम्पनीको प्रगति समीक्षा, उत्कृष्ट वितरक तथा कर्मचारी सम्मान र नयाँ उत्पादन सार्वजनिक गरिएको थियो।
कार्यक्रममा गायक शम्भु राई र गायिका बिन्दु परियारले आफ्ना चर्चित तथा सुपरहिट गीतहरू प्रस्तुत गर्दै माहोललाई निकै मनोरञ्जनपूर्ण बनाएका थिए। विशेषगरी बिन्दु परियारले डान्सिङ गीतमार्फत दर्शकलाई झुमाउँदै कार्यक्रमलाई थप आकर्षक बनाएकी थिइन्।
कार्यक्रमको उद्घाटन एसएमके इन्टरप्राइजेजका अध्यक्ष विश्व के.सी. र वरिष्ठ वितरक लक्ष्मी श्रेष्ठले संयुक्त रूपमा दीप प्रज्ज्वलन गरी गरेका थिए। निर्देशक मणिकर्ण के.सी.ले स्वागत मन्तव्य राख्दै कम्पनीलाई आगामी वर्ष अझ उचाइमा पुर्याउने लक्ष्य प्रस्तुत गरेका थिए।
कन्ट्री म्यानेजर रमेश उप्रेतीले कम्पनीको वार्षिक उपलब्धि र सेल्स प्रगतिको विवरण प्रस्तुत गरेका थिए। सो अवसरमा अध्यक्ष विश्व के.सी., निर्देशक के.सी. र उप्रेतीले संयुक्त रूपमा ‘ब्राइट एन्ड लाइट सनस्क्रिन’ सार्वजनिक गरेका थिए, जसले छालालाई हाइड्रेट गरी प्राकृतिक चमक दिने कम्पनीको दाबी छ।
कार्यक्रममा ‘बेस्ट स्टाफ अफ द इयर’ अन्तर्गत ४ जना टीएसआई र २ जना टीएसओ तथा ‘बेस्ट डिस्ट्रिब्युटर अफ द इयर’ अन्तर्गत ३ जना उत्कृष्ट वितरकलाई सम्मान गरिएको थियो। अन्त्यमा अध्यक्ष विश्व के.सी.ले कम्पनीको भावी योजना प्रस्तुत गर्दै औपचारिक सत्र समापन गरेका थिए।







