काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग ले हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको र पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा न्यून चापीय क्षेत्र सक्रिय रहेको जानकारी दिएको छ।हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहेको छ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहनेछ। ती प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, आज राति कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, बाँकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।







