काठमाडाैँ – बागमती प्रदेशमा भोलि वैशाख २४ गते बिहीबार सार्वजनिक बिदा दिइने भएको छ। २४ वैशाख ०८१ देखि तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको सरकारी कामकाजी भाषाको रुपमा लागू गरिएको दिनको अवसरमा बिदा दिइएको हो।

बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव हितेन्द्र सुवेदीले भोलि प्रदेशका सबै सरकारी कार्यालयमा सार्वजनिक विदा रहेको बताए।

उनका अनुसार विदाको अवसरमा तामाङ र नेपाल भाषासँग सम्बन्धित विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।

तपाईको प्रतिक्रिया