सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका ५ छपकीका नुर महम्मद मियाँ श्रीमतीमाथि कुटपिट गरी अंगभंग गरेको आरोपमा पक्राउ परेका छन् ।

२०८२ चैत २० गते श्रीमती मैमुल खातुनलाई खान बस्न समेत नदिई कुटपिट गरी दुवै खुट्टाको हड्डी भाँचिदिएको पीडितले दिएको जाहेरीका आधारमा मियाँलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता डम्बरबहादुर पुरीले जानकारी दिए ।

पक्राउ परेका मियाँविरुद्ध कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालत, राजविराजबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको उनले बताए ।

तपाईको प्रतिक्रिया