प्रधानमन्त्रीलाई हर्क साम्पाङको प्रश्न : आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुन्छ ?

प्रधानमन्त्रीलाई हर्क साम्पाङको प्रश्न : आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुन्छ ?
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाह मर्यादा र परम्परा विपरीत गएको आरोप लगाएका छन् ।बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदमा छलफल भइरहेका बेला प्रधानमन्त्रीले नीति तथा कार्यक्रमको छलफलमा ध्यान नदिएको गुनासो गरे । साम्पाङका अनुसार प्रधानमन्त्रीले प्रत्यक्ष रूपमा छलफल नसुनेको तर पछि वा लाइभमार्फत सुन्ने अवस्था संसदको परम्परा र मर्या...

राहत कोटाका शिक्षकलाई स्थायी दरबन्दीमा ल्याउन महावीर पुनको आग्रह

राहत कोटाका शिक्षकलाई स्थायी दरबन्दीमा ल्याउन महावीर पुनको आग्रह
काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले माध्यमिक शिक्षामा शिक्षक दरबन्दी बृद्धि नगरिएको विषय उठाउँदै राहत कोटाका शिक्षकलाई स्थायी दरबन्दीमा रूपान्तरण गर्न सरकारसँग आग्रह गरेका छन् । बिहीबार सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद पुनले २०५६ सालयता माध्यमिक तहमा शिक्षक दरबन्दी नबढाइएको उल्लेख गरे । उनले हाल करिब ४५ हजार शिक्षक राहत कोटामा कार्यरत रहेको भन्दै उनीहरूलाई स्थाय...

आगलागी पीडितका लागि चौधरी बने सहारा, १३ परिवारलाई जस्तापाता वितरण

आगलागी पीडितका लागि चौधरी बने सहारा, १३ परिवारलाई जस्तापाता वितरण
पश्चिम नवलपरासी । विपदले मानिसको ओत मात्रै खोस्दैन, जीवनभरको कमाइ र सपना पनि खरानी बनाइदिन्छ । गत वैशाख ८ गते भएको भीषण आगलागीले एउटा सिंगो बस्तीलाई नै शोकमा डुबायो । टाटीले छाएका १२ वटा कच्ची घरहरू हेर्दा हेर्दै खरानी भए, जहाँ करिब ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भयो । अहिले बर्खायाम सुरु भइसकेको छ । घर जलेर खरानी भएपछि वर्षात्को समयमा पनि खुला आकाशमुनि बस्न बाध्य पीडित परिवारहरूको कारुणिक अ...

सरसफाइ कमी भएका दुई उद्योगलाई जरिवानासहित चेतावनी

सरसफाइ कमी भएका दुई उद्योगलाई जरिवानासहित चेतावनी
चितवन। जिल्लाको भरतपुर महानगरले एक उद्योगलाई २० हजार रुपैयाँ जरिवाना गराएको छ। महानगरले सुरु गरेको बजार अनुगमनका क्रममा भरतपुर महानगर ३ बेलचोकस्थित सृजना एण्ड सृष्टि प्याकेजिङ उद्योगलाई जरिवाना गराएको हो। अनुगमनका क्रममा उद्योगमा पूजा सामग्री प्याकेजिङ गर्ने उक्त उद्योगमा तेलको अव्यवस्थित भण्डारण, दुई तीन पटकसम्म लेवलिङ, सरसफाइ कमी, खाद्य र अखाद्य वस्तु एकैठाउँमा राखिएको पाइएपछि जरिवाना गराइएको...

नयाँ मन्त्रालय कार्यान्वयन गर्न राष्ट्रपतिले गरे मन्त्रीहरूको कार्यविभाजन

नयाँ मन्त्रालय कार्यान्वयन गर्न राष्ट्रपतिले गरे मन्त्रीहरूको कार्यविभाजन
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रालय कार्यान्वयन गर्नका लागि मन्त्रीहरूको कार्यविभाजन गरेका छन्। जसअनुसार प्रधानमन्त्री बालेन्द्र साहले रक्षा, गृहसहित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी आफैसँग राखेका छन्।

सिआइबीले लियो एनसेलबाट स्मार्ट टेलिकमसम्बन्धी कागजात

सिआइबीले लियो एनसेलबाट स्मार्ट टेलिकमसम्बन्धी कागजात
काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले बिहीबार एनसेलको प्रधान कार्यालयबाट स्मार्ट टेलिकमसँग सम्बन्धित कागजात लिएको छ। सीआइबीले एनसेल कार्यालयमा पुगेर महत्त्वपूर्ण कागजात र प्रमाणहरू नियन्त्रणमा लिएको हो। सीआइबी स्रोतका अनुसार अनुसन्धानका क्रममा कागजात लिने कार्य भएको हो। सीआइबीले स्मार्ट टेलिकम प्रकरणमा संस्थाका तत्कालीन अध्यक्ष सर्वेश जोशीलाई २२ वैशाखमा पक्राउ ग...

राष्ट्रिय खेल सङ्घले असार १५ गतेसम्म नविकरण नगरे खारेज गरिने

राष्ट्रिय खेल सङ्घले असार १५ गतेसम्म नविकरण नगरे खारेज गरिने
काठमाडौँ, वैशाख ३१ गते । नेपाली खेलकुदको नियमनकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेलकुद सङ्घहरुलाई असार १५ गतेसम्म नविकरण गर्न निर्देशन दिएको छ । राखेपले बिहबिार गोरखापत्रमा एक सुचना प्रकाशन गरी खेल सङ्घहरुलाई नविकरणका लागि निर्देशन दिएको हो । राखेपमा दर्ता भएका विभिन्न खेल सङ्घले पटक पटक सुचना जारी गर्दा समेत नविकरणका लागि अटेर गर्दै आएका छन् । राखेपले राष्ट्रिय खेलकुद ...

‘आईईसी डिजाइनर रनवे –१५’ स्वस्तिमा, आँचल, नीतिदेखि मिस नेपाल श्रीच्छासम्म १८ सेलिब्रेटीको प्रस्तुति

‘आईईसी डिजाइनर रनवे –१५’ स्वस्तिमा, आँचल, नीतिदेखि मिस नेपाल श्रीच्छासम्म १८ सेलिब्रेटीको प्रस्तुति
काठमाडौँ । स्वस्तिमा खड्का, आँचल शर्मा, अस्मी श्रेष्ठ, नीति शाह, शिल्पा मास्के, कविता नेपाली, हिमान्चल राज केसी, श्रीच्छा प्रधान, आस्था पोखरेल, सबिता कार्की, इभा गिरी, आना शर्मा, मलिका महत, अदीति अधिकारी, दीपशिखा नेपाल र प्रेमा लमगाडे लगायत नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा चर्चित १८ सेलिव्रिटीहरू एउटै स्टेजमा देखिने भएका छन् । दरबारमार्गस्थित होटल याक एण्ड यतीमा शुक्रबार साँझ एक भब्य समारोहका स...

प्रहरी सेवा व्यवहारमै सुधार्न आईजिपी कार्कीको निर्देशन

प्रहरी सेवा व्यवहारमै सुधार्न आईजिपी कार्कीको निर्देशन
वीरगञ्ज, वैशाख ३० गते । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरीको दैलोमा आउने सेवाग्राहीलाई निराश भएर फर्किन नदिन निर्देशन दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय सिम्रौनगढ परिसरमा नव–निर्मित ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र’ भवन उद्घाटन गर्दै उहाँले नागरिकमैत्री सेवा नै नेपाल प्रहरीको मुख्य प्राथमिकता भएको बताउनुभयो । आईजिपी कार्कीले भन्नुभय...

एभरेष्टमा जेठ ४ मा कक्षा ११ का लागि प्रवेश परिक्षा हुने

एभरेष्टमा जेठ ४ मा कक्षा ११ का लागि प्रवेश परिक्षा हुने
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट कलेजले जेठ ४ गते कक्षा ११ मा भर्नाका लागि प्रवेश परिक्षा लिने भएको हो । २०८२ सालको एसईई परीक्षामा उत्तिर्ण विद्यार्थीहरुका लागि एभरेष्टले कक्षा ११ मा भर्ना लिन लागेको हो । सिमित सिटमा अध्यापन गराउने एभरेष्ट कलेजले विज्ञान तथा व्यवस्थापन संकायमा गरि २ सय १० जना मात्र भर्ना गर्ने जनाएको छ । कलेजका अनुसार विज्ञान संकाय तर्फ १४० र व्यवस्थापन संकाय तर्फ ७० जना मात्र...