काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले बिहीबार एनसेलको प्रधान कार्यालयबाट स्मार्ट टेलिकमसँग सम्बन्धित कागजात लिएको छ।
सीआइबीले एनसेल कार्यालयमा पुगेर महत्त्वपूर्ण कागजात र प्रमाणहरू नियन्त्रणमा लिएको हो।
सीआइबी स्रोतका अनुसार अनुसन्धानका क्रममा कागजात लिने कार्य भएको हो।
सीआइबीले स्मार्ट टेलिकम प्रकरणमा संस्थाका तत्कालीन अध्यक्ष सर्वेश जोशीलाई २२ वैशाखमा पक्राउ गरेको थियो। सोही प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योतिप्रकाश पाण्डेलाई पनि प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ। बैङ्कले भने प्रचलित कानुन र सुरक्षित कारोबार ऐन अनुसार कर्जा असुलीका लागि लिलामी गरेको सार्वजनिक वक्तत्वमा बताएको छ।







