बंगलादेशमा अर्का विद्यार्थी नेताको गोली हानी हत्या
काठमाडौं ।
बंगलादेशमा अर्का एक विद्यार्थी नेताको गोली हानी हत्या गरिएपछि थप हिंसा भड्किएको छ ।
इक्लाव मञ्चका नेता शरीफ उस्मान हादीको हत्या गरिएको १० दिनपछि नेसनलिस्ट सिटिजन पार्टी (एनसीपी) का नेता मोतलेब सिकदरको हत्या भएको हो ।
गत वर्षको विद्यार्थी आन्दोलनको नेतृत्वकर्ता समूहका सिकदरलाई सोनाडांगा क्षेत्रमा गोली हानिएको थियो । गम्भीर घाइते अवस्थामा खुलना मेडिकल कलेजमा भर्ना गरिएका उनको उपचार...









