तमु ल्होसारले एकता र समृद्धिको यात्रामा प्रेरणा दिन्छ : मेयर कोइराला
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तमु ल्होसार–२०८२ ले सामाजिक एकता, सहअस्तित्व र समृद्धिको यात्रामा सबैलाई एकजुट गराउने विश्वास व्यक्त गरेका छन् ।
तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यो पर्व केवल नयाँ वर्षको सुरुआत मात्र नभई प्रकृति, समयचक्र र जीवनको नवीकरणसँग गहिरो रूपमा जोडिएको सांस्कृतिक पर्व भएको बताएका हुन् ।
मेयर कोइरालाका अनुसार परम्परागत भेषभूषा...









