माघ ०४ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष
छर छिमेकमा केही असमझदारी बढ्ने योग देखिएपनि अन्ततः समाधान हुने देखिन्छ । धेरै परिश्रम गर्दा पनि थोरै मात्र लाभ प्राप्त हुनेछ । घर खर्च बढ्ने सम्भावना छ । पति पत्नी बीच मनमुटाव बढ्न सक्छ । आयआर्जनमा कमी आउँदा वादविवादको स्थिति सिर्जना हुन सक्छ ।
वृष
आयआर्जन बढ्ने तथा उठ्नु पर्ने रकम हात लागि हुने समय छ । पेट सम्बन्धी समस्याले सताउन सक्छ, त्यसैले सचेत रहनु आवश्यक छ । साथीभाइबाट धोका पाउने स...









