काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग बुधबार भेटघाट गरेका छन् ।

पाँच दिने भारत भ्रमणका क्रममा लामिछानेले मोदीसँग भेटघाट गरेका हुन् ।

उक्त भेटमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतीय विदेशमन्त्री डा. एस जयशंकरको समेत उपस्थिति रहेको थियो ।

भेटघाटपछि मोदीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखे, ‘नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेसँग भेट गर्न पाउँदा निकै खुसी लागेको छ । साझा र समृद्ध भविष्यका लागि नजिक रहेर सँगै काम गर्ने उहाँको चाहनालाई म स्वागत गर्दछु र यसमा मेरो पूर्ण समर्थन छ । हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल एक प्राथमिकता प्राप्त साझेदार हो र हाम्रा दुई देशबीचको विशेष र बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन हामी नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौं ।’

तपाईको प्रतिक्रिया