प्रदेशसभा बैठकमा दुई विधेयकमाथिको सैद्धान्तिक छलफल
लुम्बिनी। लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथिको सैद्धान्तिक छलफल आज सकिएको छ। प्रदेशसभाको सातौँ अधिवेशनको तेस्रो बैठकमा आज दलित अधिकारसम्बन्धी विधेयक तथा जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथि सैद्धान्तिक छलफल सकिएको हो।
प्रदेश सरकार सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले दलित अधिकारसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस ...









